दार्चुला प्रदेशसभा क्षेत्र-२ मा मानबहादुर धामी विजयी


दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मान बहादुर धामी बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *