मंगलवार देशैभर सार्वजनिक बिदा


काठमाडौँ- सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ दिन बिदाको घोषणा गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा कार्तिक १ गते मंगलवार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *