सूर्यालाइफका चन्द्रकान्त एमडिआरटी सम्मेलनमा भाग लिन अष्ट्रेलिया प्रस्थान


काठमाडौ ।अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी)  मिलियन डलर  राउन्ड टेबल ग्लोबल कन्फ्रेन्समा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट  एमडीआरटी बनेका रुपन्देहीका चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन ।

उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुने छ । शाखा स्थापनाको पहिलो बर्षमै पहिलो एम डि आर टि बनेका पन्थीलाई सुर्या लाईफ इन्स्योरेन्स मुर्गिया शाखा रुपन्देहीका शाखा प्रमुख उत्तम परियारले बधाई तथा शूूभकामना शुभकामना दिएका हुन।

पन्थीले आफ्नो व्यावसाय संगसंगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्न सफल भई छोटो समयमै एमडिआरटी बनेर सफलता हासिल गरेका हुन । पन्थीले आर्थिक वर्ष ०७८/७९ को ४५ दिनमै एमडिआरटी बन्न सफल भएको इस्योरेन्स कम्पनीले जनाएको छ ।

पन्थी बिगत ४ वर्षदेखी विमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका हुन । यो कन्फरेन्समा विश्वभरबाट ७० देशका ५ सयभन्दाबढी कम्पनीको प्रतिनिधिहरु सहभागी हुने छन् । सम्मेलन अष्ट्रेलियाको सिड्नीमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *