बिमा समितिले खुलायो लघुबिमा लाइसेन्स, चुक्ता पुँजी ७५ करोड


काठमाडौं । नियामक निकाय बीमा समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।

बीमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५ औं दिन दिनको १२ बजेभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ । प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिनेछ ।

कूल ७५ करोड चुक्ता पुँजि भएको लघुबीमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ । लघुबीमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।

लघुबीमाको लाइसेन्स घुस सेटिङमा दिन लागेको भन्दै चौतर्फी आलोचनाका बीच बीमा समितिले लाईसेन्स वितरण गर्ने कार्य अघि बढाउन आज सूचना प्रकाशित गरेको हो । यद्यपि कमजोर कानुनी धरातलमा अघि बढेको बीमा समितिका उच्च नेतृत्व र सञ्चालकहरुकै मिलेमतो भएको सेटिङमा घुस खुवाएर लाइसेन्स लिन चाहनेहरु फस्ने सम्भावना प्रबल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *