सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघ र पेशागत बीमा अभिकर्ता संघ सूर्या लाइफ बीच सम्झौता


काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ सूर्या लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ र सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष रघुनाथ भण्डारीले हस्ताक्षर गरेका हुन् ।

एक अर्काको पेशागत हकहित र अधिकारको लागि तथा कम्पनीको स्थायित्व, कर्मचारीहरू र अभिकर्ताहरूको क्षमता अभिवृद्धि विकासमा दुवै पक्षले सहयोग गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको संघका अध्यक्ष तामाङ्गले जानकारी दिए ।

कम्पनी गाभ्ने, गाभिने प्रक्रियामा रहेको हुँदा प्रक्रिया समाप्त भएपश्चात समेत दुवै पक्षको कम्पनीमा सम्मानजनक उपस्थितिको लागि दुवै पक्षले सहयोग गर्ने शर्त रहेको छ ।

दुवै पक्षको व्यवसायिक हक, हित, अधिकारको रक्षा तथा स्थापित गर्न कम्पनीको स्थायित्व तथा दुवै पक्षको वृद्धि विकासलाई सर्वोपरी ठानि प्रथम पक्ष र द्धितिय पक्षबीच सहमति तथा सहकार्यमा कार्य गर्ने, दुवै पक्षले एक अर्काको अधिवेशनमा उपस्थितिको लागि आमन्त्रित गर्ने, कम्पनी समक्ष कुनै सामुहिक माग दावी पेश गर्दा एक अर्कासँग समन्वय र सहकार्य गरी पेश गर्ने लगायतका शर्तहरू सहमति पत्रमा उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *