कानको निशुल्क सल्यक्रिया सम्पन्


धनगढी । इम्प्याक्ट नेपालको निसुल्क सल्यक्रिया सम्पन्न भएको छ।इम्प्याक्ट नेपालको आयोजना तथा सिबिएम नेपालको आर्थिक सहयोगमा संयुक्त आयोजनामा निसुल्क स्वास्थ्य कान सिबिर सम्पन्न भएको हो । निशुल्क कान सल्यक्रिया श्रावण ३१ गते देखि भाद्र ४ गते सम्म संचालन भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र प्रमुख राम बोगटीले बताउएका छन उक्त सिबिरमा ७५ जनाले निशुल्क सेवा लिएको बताएका छन । बिगत साढे ४ बर्स देखि सन्चलनमा रहेको सुदुरपस्चिम प्रदेशको एक मात्र कान उपचार केन्द्र हो इम्प्याक्ट नेपालले हालसम्म ३६७ जना जतिको निसुल्क सल्यक्रिया गरिसकेको प्रमुख बोगटीले बताएका छन ।यस्तो निशुल्क स्वास्थ्य शिबिरले निम्न आयस्रोत, गरीब, अपाङ्ग,जेष्ठ नागरिक,असाहायका लागि राहत हुनु रहेको छ। यस संस्थाले बहिरोपना रोकथाम तथा अपङ्गता रोकथामका लागि सुदुरपस्चिम प्रदेशमा काम गर्दै आइ रहेको छ। निशुल्क सिबिरमा काठमाडौं टिचिङ हस्पिट्लका बरिस्ठ नाक,कान,घाँटी रोग बिसेसज्ञ डा हिमपाली दत्त, डा सुस्मा भट्चन साथै इम्प्यक्ट नेपाल गोदावरी अत्तरियाका स्वास्थ्य कर्मीको सयुक्त प्रयासमा सल्यक्रिया सम्पन्न भएको हो ।यो सल्यक्रिया हामीले निशुल्क रुपमा र सहज तरिकाले सेवा पाएकोमा खुसी लागेको सल्यक्रिया गरेका सेवाग्राही नरेश नेपालीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *