प्रभु लाइफको जीवन बीमा कोष ५६.४९ प्रतिशतले बढ्यो, खुद नाफा ५७.४३ घट्याे


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । मर्जर प्रक्रियामा रहेको कम्पनीको जीवन बीमा कोष ५६.४९ प्रतिशतले बढेर ३ अर्ब ३ करोड ७१ लाख ८३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १ अर्ब ९४ करोड ७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रभु लाइफले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस इन्स्योरेन्सले १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ५७.४३ प्रतिशतले घटेको हो । कम्पनीले नोक्सानी व्यवस्थाका लागि ५ करोड ८७ लाख रुपैयाँ छुट्याएपछि नाफामा प्रभाव परेको देखिएको छ । साथै, व्यवस्थापन खर्च पनि बढेको छ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड ३ लाख ७९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क ६३.७८ प्रतिशतले बढेर २ अर्ब २९ करोड ३४ लाख ८९ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ८.९९ प्रतिशतले बढेर ४२ करोड ९६ लाख १३ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ४६७.८६ प्रतिशतले बढेर ४३ करोड ४१ लाख ७७ हजार रुपैयाँ, ब्यवस्थापन खर्च १०७.१२ प्रतिशतले बढेर ५२ करोड ५ लाख ४७ हजार रुपैयाँ, अभिकर्ता कमिशन ८०.२९ प्रतिशतले बढेर ४० करोड ५ लाख ३२ हजार रुपैयाँ र चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा छ ।ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *