एकीकृत समाजवादीले बुझायाे प्रधानमन्त्रीलाई नयाँ मन्त्रीकाे नाम, काे काे परे लिस्टमा


काठमाडाैँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीकाे तर्फबाट बन्ने नयाँ मन्त्रीहरूकाे नाम टुङ्ग्याएकाे छ । एकीकृत समाजवादीले आइतबार मात्रै संघीय सरकारमा रहेका ४ मन्त्री र १ राज्यमन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे । यसपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीहरूकाे नाम टुङ्ग्याएका हुन् ।

मन्त्रीहरूकाे नामकाे सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकिएकाे छ । नेता विजय पाैडेलले प्रधानमन्त्री देउवालाई मन्त्रीकाे नामकाे सूची बुझाएका छन् । अहिले मन्त्री बन्नेहरूमा जीवनराम श्रेष्ठ (पर्यटन), शेरबहादुर कुँवर (श्रम), मेटमणि चाैधरी (सहरी विकास), भवानी खापुङ (स्वास्थ्य) र हिरा केसी (स्वास्थ्य राज्यमन्त्री) रहेका छन् ।

एकीकृत समाजवादीले यसअघि ६ महिनाका लागि प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, विराेध खतिवडा र भवानी खापुङलाई मन्त्री बनाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *