सम्बन्ध टिप्स : यसरी जित्न सकिन्छ पार्टनरको मन


आम मानिस आआफ्नो पार्टनरसँगको सम्बन्धलाई लिएर सधै सचेत हुने गरेको पाइन्छ। बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ। तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन्। आफ्नो पार्टनरलाई सधै खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न विज्ञहरुले केही सुझाव सुझाएका छन्।

सुगन्धित बन्नुहोस्

संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ नै। सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ। तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने बास्नादार अत्तर,परफ्युमको प्रयोगले प्रेम र आर्कषण कायम रहने तथ्य शोधले पत्ता लगाएको छ। त्यस्तै पार्टनरलाई मनपर्ने बास्नादार फूलले बेडरुम सजाउदा पनि पार्टनरबिचमा रोमाञ्चकता तथा आकर्षण कायम भइरहने विज्ञहरुको दाबी छ।

श्रृङगार गर्नुहोस्

हप्तामा एकपटक आ–आफ्नो पार्टनरको मनपर्ने श्रृङगार र ड्रेसअपमा प्रस्तुत हुन सकिन्छ। सधैं एउटै ड्रेसअपमा भन्दा स्टाइलिस ड्रेस र हेयर स्टाइलमा सजिन सकिन्छ। तर स्टाइलस भन्दैमा असुहाउदो रुपमा प्रस्तुत हुदा आलोचित होइन्छ कि भन्ने कुरामा ध्यान दिन जरुरी छ।

सरप्राईज दिनुहोस्

केही न केही नसोचेको कुरामा पार्टनरलाई सरप्राईज दिनुको मज्जा बेग्लै हुन्छ। जस्तो कार्यालय समयमा लन्चको समय हुँदा पुगेरसंगै लञ्चको अफर गर्दा छुटै मज्जा महसुस हुन्छ। समय मिलाएर छुट्टीको दिन फिल्म,सपिङ,डिनरको लागि जाने गनुपर्छ। निजी सवारी छ भने समय समयमा लङ ड्राइभमा जानुहोस्। साथै एक अर्कालाई पर्याप्त समय दिएको महसुस गराउन सक्नुपर्छ जसले हप्ताभरिको कामको थकानलाई भुलाएर सम्बन्धमा अझ मिठास ल्याइदिन्छ।

आफूलाई फिट राख्नुहोस्

शारीरिक बनोट पार्टनरबीच आर्कषणको एक महत्वपूर्ण माध्यम मानिएको छ। तसर्थ तपाई स्वयंलाई फिट रहन जरुरी छ। स्वस्थ खानपानले तपाईलाई आन्तरिक रुपबाट तपाईको सांचलाई सुन्दर र स्वस्थ बनाउँदछ। त्यस्तै शारीरिका ब्यायामले तपाईको बाहिरी सुन्दरता बढाउन मद्दत गर्दछ। तसर्थ मन र तनबाट तपाई स्वस्थ र फिट रहन जरुरी छ।

कुराकानीको शैलीमा ध्यान दिनुहोस्

शोधका अनुसार कुराकानीमा निपुर्ण महिला वा पुरुष एकअर्काप्रति छिटो आकर्षित हुने गरेको पाइएको छ। त्यसैले आफ्नो कुराकानीको शैलीलाई ध्यान दिनु जरुरी छ। कुराकानी गर्दा नकरात्मक असर पुर्याउने खालको कुरा गरे तपाईको छबिलाई नराम्रो प्रभाव पर्दछ। यदि तपाइको पार्टनर कुनै किसिमको तनावमा छ भने उसको कुरा ध्यान दिएर सुन्नुहोस्। हरेक किसिमको समस्यामा तपाई आफ्नो पार्टनरको साथमा संगै हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस्।

पार्टनरबीचको सबै भन्दा महत्वपूर्ण कडी विश्वास नै हो। जसलाई हरेको सम्बन्धको मेरुदण्ड पनि भन्दा अत्युक्ति नहोल। सा–साना कुरामा शंका गरेमा सम्बन्धमा फाटो आउँछ तसर्थ केही कुरामा चित्त नबुझे एक अर्कामा कुराहरु सेयर गर्नु पार्टनरको लागि एकदमै महत्वपूर्ण छ। केही सानो कुराले गलत बुझाई पार्टनरमा नपरोस् भनेर सचेत भए पार्टनरबिचको प्रेमसम्बन्ध संधै प्रेमिल बन्ने कुरामा कसैको दुईमत नहोल।

–एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *