बिहानको दुई घण्टा आफ्नो लागि


अहिले मानिसहरु कुनै न कुनै रुपले मानसिक समस्यामा छन् । उनीहरुसँग पूर्ख्यौली ज्यायजेथा भएर पनि, मनग्ये आम्दानी भएर पनि, मानप्रतिष्ठा भएर पनि सुख छैन । आनन्द छैन । हर्ष छैन ।

मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि हामी अनेक रोगले घेरिएका छौं । कसैलाई मधुमेह छ, कसैलाई थाइराइड छ । कसैलाई बाथले सताएको छ, कसैलाई दमले गलाएको छ । कोही उच्च रक्तचापको औषधी खाइरहेका छन्, कोही पायल्सको उपचार खोजिरहेका छन् ।
हामी किन यति रोगी भइरहेका छौं रु हामी किन यति तनावग्रस्त भइरहेका छौं रु हाम्रो शरीर किन शिथिल भइरहेको छ रु हाम्रो मन किन बेचैन भइरहेका छ रु

यसमा हाम्रो सोंच, चिन्तनसँगै जीवनशैली प्रमुख कारक बनेको छ ।

अहिले हामी जसरी हुन्छ धनदौलत जोड्ने चक्करमा छौं । पैसा कमाउने अनेक यत्नमै हाम्रो दिन वित्दो छ । बिहान उठेदेखि हामी पैसा सोच्छौं । र, राती ओछ्यानमा ढल्किएर सुत्नुअघि पनि पैसा नै सोच्छौं । यसरी पैसा वा धन कमाउने चक्करमा लिप्त भएर हामी आफैलाई बिर्सिरहेका छौं । कतिबेला खाने, के खाने, के गर्ने, कसरी गर्ने भन्ने कुराको हेक्का हुँदैन । मर्निङवाक गर्नुभन्दा हामीलाई घरजग्गा खरिद(बिक्रीको कुरा गर्नु बढी फलदायी लाग्छ ।

एकपटक सोचौं त यदि हामीसँग पर्याप्त पैसा भयो । धनदौलत भयो । जहाँ जान सकिने अवस्था भयो । जे खान सक्ने सामथ्र्य भयो । तर, शरीर रोगी भयो भने रु

कहाँ जाने ? के खाने ?

न मनलाग्दो ढंगले घुमफिर गर्न सकिन्छ । न घुमफिर गर्दा त्यसको आनन्द नै लिन सकिन्छ । न मनलाग्दो खानेकुरा खान सकिन्छ । न खाएको कुराको स्वाद लिन नै पाइन्छ । यसको अर्थ यो होइन कि, धन कमाउनु हुँदैन । पैसा आर्जन गर्नु हुँदैन । करियर बनाउनु हुँदैन । यद्यपी यी सबै कुरालाई प्राथकिताको आधारमा कुन कुराका लागि कति समय दिने, कसरी दिने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।

शारीरिक आवश्यक्तालाई हामीले प्राथमिकताको आधारमा समय दिनु वा महत्व दिनुपर्छ । यसको सोझो अर्थ के भने, शरीर सबैभन्दा महत्वपूर्ण कुरा हो । शरीरभन्दा धनदौलत, भौतिक सुविधा ठूलो हुँदै होइन । यो कुरा हामी सबैलाई थाहा छ । तर, हामी आफ्नै शरीरलाई कतिपनि माया गर्दैनौं । कतिपनि महत्व दिदैनौं ।

त्यही कारण त जब हामी हुनेखाने हुन्छौं । घरसम्पतिका मालिक हुन्छौं । शरीर ति सबै सुविधा भोग गर्न तयार हुँदैन । शरीर यी सुख–सयलभन्दा टाढै रहन खोज्छ । न अमिलोपिरो खान हुन्छ । न आरमदायक ढंगले बस्न हुन्छ ।

खासमा हामीले शरीरका लागि धेरै समय दिनु पर्नेपनि होइन । बिहान दुई घण्टा आफ्नो लागि छुट्याए मनग्ये हुन्छ । बिहान उठेपछि पानी पिउन, शौच क्रिया गर्न, योग–ध्यान गर्न, व्यायाम गर्न, नास्ता खान, नुहाइधुवाई गर्न यत्तिका समय पर्याप्त छ । तर, शरीरप्रति हामी कति अनुदार छौं भने दिनभरमा नाथे दुई घण्टा समय पनि यसका लागि छुट्याउँदैनौं ।

दिनभर जे जति काम गर्छौं, त्यसमा पनि शरीरका लागि केही सोच्न सकिन्छ । समय मिलाएर पानी पिइरहने । बेलाबेलामा केही खाइरहने । एकै ठाउँ बस्ने नभई यताउता हिँडडुल गरिरहने वा शारीरिक रुपमा सक्रिय रहने । ख्यालठट्टा गर्ने । प्रशन्न रहने । यसबीचमा पनि लामो–लामो सास लिने । मौका मिले कपालभाती गर्ने । अझ मौका मिले केही क्षण ध्यान मुद्रामा बस्ने । दिनभरमा यति गर्न सकियो भने, पक्कैपनि तपाईं(हाम्रो शरीर निरोगी हुन्छ ।

हामीले आर्जन गरेका धनदौलतको भोग गर्दा आनन्द अनुभव गर्न सक्छौं । स्वाद लिएर खानेकुरा खान सक्छौं । शरीरलाई सधै उर्जावान्, गतिशिल तुल्याउन सक्छौं ।

साभार :अनलाइन खबर बाट

Leave a Reply

Your email address will not be published.