कीर्तिपुरमा हत्या गरिएका चौधरीको परिवारलाई १० लाख दिनुपर्ने सरिता गिरिको माग


काठमाडौँ । पूर्व सांसद सरिता गिरीले घरबेटीको प्रहारबाट मृत्यु भएका शम्भु चौधरी महतोको परिवारलाई तत्काल सरकारले रु १० लाख क्ष’तिपूर्ति दिनु पर्ने माग गरेकी छ्न ।

कीर्तिपुर (७ भाजंगलमा घर भाडाको निहुमा भएको वि’वादमा आग्लोले प्रहारबाट गरिएका हत्याबारे पूर्व सांसद गिरीले निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी हुन् ।

गिरीले घरबेटीले हत्या गरेका चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र बालबच्चाको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै शम्भुको परिवारको भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै शम्भु पत्नीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरी रोजगारीको समेत व्यवस्था गर्न माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *