आइएमई लाइफको सिईओ बन्दै कवि फुयाँल

सिटीजन लाइफबाट राजीनामा


काठमाडौँ । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ ।

साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाइफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

आईएमई लाईफमा जान लागेका फुयाँलले सिटिजन लाईफबाट राजिनामा दिएका छन् । राजिनामा दिएसँगै कम्पनीले आफ्नो वेभसाईटबाट फुयाँलको नाम, फोटो हिजोदेखि हटाएको छ । स्रोतले हिजो उनको राजिनामा स्वीकृत भएको जनाए पनि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले भने राजिनामा पेश भएको जनाउँदै स्वीकृत हुन केही समय लाग्ने बताएको छ । बजारमा केही अघि देखि नै हल्ला चलेपनि सिटिजन लाईफमा दैनिक काममै थिए ।

आइएमई लाईफमा नयाँ सिईओ नियुक्ती हुन लागेको सम्बन्धमा बीमा समिति जानकार रहेको जनाए पनि औपचारिक रुपमा पत्र आईनसकेको उच्च अधिकारीले जानकारी दिए । बीमा कम्पनीमा सिईओ नियुक्तीका लागि बीमा समितिबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ । बीमा समितिमा पेश भएको २१ दिनसम्म अध्ययन, जाँचबुझ गरेपछि योग्यता पुगेका व्यक्तिलाई सिईओ नियुक्ती गर्न सञ्चालक समितिलाई अनुमति दिएपछि मात्रै प्रक्रिया औपचारिक रुपमा सिईओ नियुक्त गर्ने बाटो खुल्नेछ । आईएमई लाईफमा नयाँ सिईओ नियुक्तीको लागि अझै केही समय लाग्ने छ ।

आईएमई लाईफबाट सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएर ज्योति विकास बैंकमा गएपछि सिईओ पद रिक्त थियो । फुयाँल बजारमा प्रभाव पार्न सक्ने दक्षतायुद्ध व्यक्ति मानिन्छन् । जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका फुयाँलले आईएमई लाईफको बजार हिस्सा बढाउने विश्वास गरेर कम्पनीले सिईओ नियुक्त गर्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *