सूर्या लाइफकाे लाेभलाग्दाे प्रगति


काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले चौथौ त्रैमाससम्मा बीमा शुल्कसँगै नाफामा पनि वृद्धि गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत बर्षको सोहि अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६ लाख रुपैंयाबाट बढेर २६ करोड २७ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा बढेको देखिएको हो । जीवन बीमा कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ४ हजार २५४ वटा दाबी वापत ४९ करोड ५४ लाख रुपैंया भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पूँजीमा २ अर्ब १५ करोडरुपैंया रहेको भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ७ अर्ब ४२ करोड रुपैंया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *