बाइस किलोग्राम चरेश बरामद
महेन्द्रनगर, कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उहाँले भन्नुभयो,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ