पालुङटार नगरपालिका

पालुङटारका प्रधानाध्यापकहरूको बदनियतः गरे लाखौँको करछली

काठमाडौँ । पालुङटार नगरपालिकाभित्रका विद्यालयहरुका प्रधानाध्यापकहरूले आयकर नबुझाएको भेटिएको छ । नगरपालिकास्थित विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले नियमानुसारको आयकर नतिरेको भेटिएको हो ।  महालेखा परीक्षकको कार्यालयको २०८१/०८२ को प्रतिवेदनअनुसार नगरपालिकास्थित विभिन्न विद्यालयका ४४ जना प्रधानाध्यापक तथा शिक्षकहरूले आयकर नतिरेका हुन् । उनीहरूले न्यूनत्तम १ हजार ३४७ रुपैयाँदेखि २६ हजार ८९० रुपैयाँसम्मको करछली गरेका छन् । उनीहरूले नतिरेको उक्त रकम ३ लाख ५७ हजार भन्दा बढी हुन आउने महालेखाले जनाएको छ

पालुङटार रजगजः प्रअहरूलाई नियमविपरीत १ लाख ५० हजार भत्ता 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नियमविपरीत भत्ता वितरण गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ प्रतिवेदनमा नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई पालिकाले नियमविपरीत भत्ता वितरण गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को क्रियाकलाप नं. २.२ मा प्रधानाध्यापकलाई मासिक भत्ता विद्यालयको तहअनुसार मात्र उपलब्ध गराउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्राथमिक तहका प्रधानाध्यापकलाई मासिक रू. २००, निम्नमाध्यमिक तहलाई रू.