दुर्घटना

बस दुर्घटनामा परी नौ जनाको ज्यान गएपछि दोगडाकेदार गाउँ शोकमा

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

लहान । सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको

दुर्घटनामा एकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग२ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० बजे एकापसमा ठक्कर खाएका थिए । ठक्करबाट घाइते बोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको

दुर्घटनामा प्रहरी हबलदारको मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा