केपी शर्मा ओली : सरकारलाई काम गर्न दिएनन्
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि पार्टीहरूले सरकारलाई काम गर्न नदिएको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘संविधान मासियो, च्यातियो, लोकतन्त्र सकियो भन्ने व्यक्तिगत आकांक्ष पूरा नहुँदा सबैले भन्ने यस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनस्थापना भो, न काम गर्न सक्छ न काम गर्न दिन्छ, यस्तो अवस्थामा दलहरूको स्वार्थले संसद तानातान भयो, पहिले नै मैले सरकारलाई काम गर्न दिइएको

