काेराेना महामारी

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरलेका अनुसार उनीहरुको ट्राभलिङ हिस्ट्री छैन ।

महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी

धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र ९पिसिएमसी०को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो । बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी