बिना जानकारी ल्याइएको खोपमाथि स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु
काठमाडौँ, सोमबार बहराइनबाट नेपाल ल्याइएको २ हजार डोज कोरोना भाइरसविरुद्घको खोपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएको थियो। मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको हो। नेपाली राजदूतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको हो। मन्त्रालयका अनुसार खोप सोमबार नै आएपनि स्वास्थ्य