पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ
काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ