नेपाल लाइफले आन्दोलित अभिकर्तासँग वार्ता गर्न मानेन

नेपाल लाइफले आन्दोलित अभिकर्तासँग वार्ता गर्न मानेन, सोमबार सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकले आन्दोलित अभिकर्ताहरुसँग वार्ता गर्न नमाने पछि उनिहरुले सोमबारदेखि सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने भएका छन् । ताला लगाउनु अगाडी आइतबार एक पटक वार्ताका लागि आह्वान गर्ने छन् । यदि आइतबार पनि कम्पनीले केन्द्रिय संघर्ष समितिसँग वार्ता गर्न मानेन भने पत्रकार सम्मेलन नै गरेर ताला लगाउने संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । गत बुधबार अभिकर्ता केन्द्रिय संघर्ष समितिले कम्पनीका