दार्चुला

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गर्नुभएका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती

महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने

दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ । कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो । बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन