झापा ५ : ओली अघिल्लो जीतभन्दा फराकिलो मतान्तरले पछाडि
काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले बालेन शाहसँग पछाडी परेका छन् । बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो । अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार

