बधाई ! सन्दीप लामिछानेले होबर्टबाट ‘बिग ब्यास’ खेल्दै, को-को छन् टिममा ?
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले विश्व चर्चित अस्ट्रेलियाको टी(२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग ९बिबिएल० मा नयाँ टिममा आबद्ध भएका छन् । मेलवर्न स्टार्सबाट दुई सिजन खेलेका लामिछानेले अबको सिजन होबर्ट हुरिकेन्सबाट खेल्ने भएका हुन् । होबर्ट हुरिकेन्सले बिहिबार लामिछानेसँग सम्झौता भएको घोषणा गरेको छ। यद्यपि सम्झौता रकम भने खुलाईएको छैन । टिमले विदेशी खेलाडीको रुपमा लामिछानेसँगै इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउललाई पनि अनुबन्धित गरेको छ । त्यस्तै