बिहे भोजमा ‘फुड प्वाइजन’, एकै गाउँका ३४ जना बिरामी
कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्। बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए। ‘बिहेमा भोज खाएकाहरु शुक्रबार साँझदेखि एकसाथ बिरामी पर्न थाले । त्यस पछि राती नै अस्पताल पु¥याएका छौँ,’ नगर प्रमुख चन्दले भने।