अर्थतन्त्र

सुदूरपश्चिममा शाइन रेसुंगा बैंकको पहिलो शाखा महेन्द्रनगरमा खुल्यो

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७६औँ शाखाको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगरमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो, यद्यपि सुदूरपश्चिममा भने यो नै बैंकको पहिलो शाखा हो । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भइसकेको विकास बैंक हो । यो नै काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । नवस्थापित शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

काठमाडौँ, ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ । आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६।४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३०

डा. निलम तिम्सिना बनिन नेपालको पहिलो महिला डेपुटी गभर्नर

काठमाडौं, डा. निलम ढुंगाना तिम्सिना नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो डेपुटी गभर्नर बनेकी हुन् । राष्ट्र बैंकमा हालसम्म कोही पनि महिला डेपुटी गभर्नर भएका थिएनन् । राष्ट्र बैंकको डेपुटी गभर्नर बन्दै डा. तिम्सिनाले नेपाली बैंकिङ इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने

बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?

प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई

तोलामा ५०० बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य

ब्याजमा राखेको ८ अर्ब ५१ करोड नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै महानगर

काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ । यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ७ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी रकम राखिरहेको थियो, जसको वाषिर्क ब्याजदर ५।५ प्रतिशत थियो । कल खातामा एक प्रतिशतको हाराहारीमा

नेपाल बैंक लिमिटेडमा करिव २ सय जनालाई रोजगारी खुल्यो

नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सो का लागि अनलाइन दरखास्त आवहान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन

बीमा कम्पनीको ‘सर्वाधिक बोनसदर’ प्रचारको साधन मात्रै, यस्तो छ हाल सम्म प्रकासित कम्पनीको बोनस दर

काठमाडौं। बीमा कम्पनीहरुले आफ्नो सर्वाधिक बोनसदरलाई प्रचार गर्ने गरेका छन्। जवकी उक्त बोनसदरको लाभ लिनेको संख्या भने एकदमै कम छ। बीमा कम्पनीहरुले बीमितलाई सर्वाधिक बोनसदरको प्रचार गर्दै बीमाङ्कको डबल, तेब्बर हुने भन्दै प्रचार गर्ने गरेका छन्। तर उक्त बोनसदरको लाभ लिनेको संख्या भने एक प्रतिशत पनि छैन। आर्थिक वर्ष २०७५र७६ को बोनसदर सार्वजनिक गर्ने मध्ये सबैभन्दा धेरै बोनसदर एशियन लाइफ इन्स्योरेन्सको ८७ रुपैयाँसम्म रहेको छ। तर यो बोनदर पाउनेको संख्या

डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

काठमाडौं । डिम्याट खाताको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दो छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर ९आईपीओ० पछि सर्वसाधारणहरुको बजारमा आकर्षण ह्वात्तै बढेको हो । सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा