अर्थतन्त्र

मेगा बैंक र एडीबीको साझेदारी

काठमाडौँ, मेगा बैंक नेपाल लिमिटेडले एसियाली विकास बैंक (एडीबी) सँग साझेदारी गरेको छ। नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक भएको हो। दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवर्द्घन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ। नेपालका साना तथा मझौला व्यवसाय तथा

इन्धनको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग

काठमाडौँ, यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग गरेका छन्। यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो। महासंघले पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको बताउँदै चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरू सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन्। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज

उखु किसानको भुक्तानीको समस्या अब दोहोरिन्न -मन्त्री अर्याल

काठमाडौँ, सरकारले उखु किसानहरूको उखु बिक्री तथा भुक्तानी समस्याको दीर्घकालीन समाधान भएको बताएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्यालले उखु किसानको भुक्तानी समस्याको समाधान समस्या पुनः नदोहोरिने गरी निकालिएको दाबी गरेकी छन्। उनले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा, सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको जानकारी दिइन्। मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यामाथि तत्काल गर्न सकिने सम्बोधन, दीर्घकालीन समस्या र तिनको समाधान

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौँ, एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायिक फर्महरूले सहुलियतपूर्ण ऋण लिएका छन्। गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलयत ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ। केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन्। हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले

स्थानीय तहमा खर्चको सीमा तोकियो, जनप्रतिनिधिको मनपरीमा लगाम

काठमाडौँ, सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ। स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गाउँपालिका तथा नगरपालिका कार्यसञ्चालन निर्देशका २०७७ को नमुना स्थानीय तहमा पठाइएको बताए। स्थानीय सरकारले यो निर्देशिका पारित गरी लागू गरे आर्थिक अनुशासन कायम हुने प्रवक्ता अधिकारीको भनाइ छ। यसमा बैठक भत्ता, खाजा तथा अतिथि सत्कार खर्च,

पेट्रोलियम पदार्थको मूल्यमा पुनः बढोत्तरी, लिटरको कति पुग्यो ?

काठमाडौँ, नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ

लन्डन स्टक एक्सचेन्जमा निफ्राको ३० मिलियन डलर बोन्ड

काठमाडौँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौँ।’ सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत

तोलामा ४०० ले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौँ, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा

निजी क्षेत्र राष्ट्रको मेरुदण्ड : गभर्नर अधिकारी

काठमाडौँ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न दिएको ऋण आयात व्यापारमा खर्च नगर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले निजी क्षेत्रको सहयोगबाट राष्ट्रको

अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

काठमाडौँ, चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी