नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् । पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । योसँगै लामो समयपछि सक्रिय संक्रमित घटेका हुन् । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म