विशेष

मल नपाउँदा किसान चिन्तित

विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका

पाँच अन्तरराष्ट्रिय उडानः फर्किए ३४८ नेपाली

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।

कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

नेपालगञ्ज । कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोरकिशोरीहरुमा समेत परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना तयसमेत भइसकेको अवस्थामा कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनले अप्ठेरोमा पारेको छ । नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजना

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले

अष्ट्रेलियामा बिरालोलाई सेक्योरिटी गार्ड बनाइयो

काठमाडौं । बाच्नुमात्र पर्छ धेरैकुरा हेर्न मिल्छ झै अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । रिपोर्ट अनुसार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचमण्ड सहरस्थित एपवर्थ अस्पतालले सेक्योरिटी गार्डको रुपमा भर्ना गरी काममा खटाएको छ । अस्पताल प्रशासन उक्त सुरक्षा गार्ड बिरालोलाई बकाइदा एउटा परिचयपत्रसमेत दिएको छ,

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ । कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

दमौली । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय

प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिनुभयो । भेटमा साथमै रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै

जन्मदिनमा दीपाश्रीको भने,‘अबदेखि गल्ती दोहोर्‍याउदिनँ’ बोल्दा विचार पुर्याउछु

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको आजबाट ४६ वर्ष लागिन्। निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो बनाएर पोस्ट गरिन्। दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है’ भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन