खेलकुद

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् । २०१४ पछि पहिलो पटक नेपाली टिममा साम्बा छैनन् । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएकी उनी अहिले रिह्याबिलिटेसनमा

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मड्रिड, बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी : लिओनेल मेसी सफल हुनुभएको छ । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गर्नुभएको छ । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गर्नुभएको थियो । बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौैँ, काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६

खुमलटारद्वारा बाँसबारी ४–० गोल अन्तरले पराजित

काठमाडौं, सहिद स्मारक बी डिभिजन लिगको बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित पराजित गरेको छ। जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ। खुमलटारलाई सुखल अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे। खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ। एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

जुम्ला, नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो । चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन, अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

काठमाडौँ, बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् । धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो । टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो । बलपार्कले दिएको १०९ रनको विजय

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

काठमाडौँ ,  प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले निर्धारित दूरी दुई

‘बी’ डिभिजन लिग विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गर्नुभएको थियो । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गर्नुभयो

प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न

काठमाडौं। प्रथम अन्तर लायन्स दौड प्रतियोगिता सम्पन्न भएको छ। ‘डिस्ट्रिक्ट ३२५ ए १’ले आयोजना गरेको २.५ किलोमिटरको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम भट्टराई प्रथम, धर्म शरण श्रेष्ठ द्वितीय र पुरुशोत्तम खरेल तृतीय भए। यस्तै, महिलातर्फ अमृता केसी प्रथम, सपना चौधरी द्वितीय र सुश्मा पाण्डे तृतीय भएका छन्। विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। बुढानीलकण्ठ झोरस्थित अनाथालय ‘चिल्ड्रन एण्ड युथ मोभिलाइजेन्स एकेडेमी’को पुस्तकालय व्यवस्थापनका लागि