स्थानीय तह

बेनी नगरपालिकाको भवन निर्माण शुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन

भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु

जाजरकोट । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिनुभयो । डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि

कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

काठमाडौँ । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । अन्य मानवीय क्षति भने भएको छैन ।

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

काठमाडौँ । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । अन्य मानवीय क्षति भने भएको छैन ।

करेन्ट लागेर मृत्यु

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटामै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।

बञ्चरो प्रहार गरी बुहारीको हत्या

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

दमौली । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका त्यस्ता

मल नपाउँदा किसान चिन्तित

विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका

चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।