आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित