फिचर समाचार

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो वनमन्त्री आले

काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक

ओली समूहद्वरा सभामुख सापकोटामाथि अविश्वास प्रस्तावको तयारी

काठमाडौँ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै संकटमा आएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षको नेकपाले सभामुखको भूमिकामा आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठकको पूर्वसन्ध्यामा शनिबार राति ओली पक्षले रणनीतिक छलफल गरेका थिए। सो छलफलमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै उनीविरुद्घ अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ। सर्वोच्चको आदेश अनुसार आज संसदको बैठक दिउँसो ४ बजे बस्दैछ। बालुवाटारमा राति

प्रतिनिधि सभा बैठक : नेकपाका सबै सांसद सत्तापक्षकै लाइनमा

काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला नगरेर एकै पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई संसद बैठकमा सत्तापक्षकै बेन्चमा राखिने भएको छ। नेकपा दुई चिरामा विभाजित भए पनि संसदमा भने प्रचण्ड–नेपाल र ओली पक्षका सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने भएको हो। संसद सचिवालयका प्रवक्ता डां. रोजनाथ पाण्डेका अनुसार कानुनी रूपमा दल विभाजन नभइसकेका कारण सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नेछन्। ‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री)

आफूहरू वैधानिक नेकपा भएको प्रचण्डको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वैधानिक नेकपा भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह) का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको दाबी उनले गरेका हुन्। विप्लव समूह संघर्ष छोडेर शान्तिपूर्ण बाटोमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले आफूले विप्लव समूह शान्तिपूर्ण बाटोमा आउने पहिल्यै भनेको बताए। उनले आफू विप्लव

अब के गर्लान् बामदेव ? ओलीको संसदीय दलको बैठकमा सहभागी नहुने

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट सांसद सहभागी हुने संसदीय दलको बैठकमा नेता बामदेव गौतम उपस्थित नहुने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटनासँगै दुई धुव्रमा देखिएको सत्तारुढ दल नेकपाभित्र दैनिक रुपमा समस्या बल्झिँदै गएको छ। दुई धुव्रमा देखिएका प्रधानमन्त्री ओली र

किस्तीमा प्रधानमन्त्री बोकेर खाइदिनु पर्यो भन्दै हिँडेका छन् प्रचण्ड–माधव : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफ्नै पार्टीको नेतृत्वमा सरकारलाई ढाल्न खोज्दै प्रधानमन्त्री पद किस्तीमा बोकेर विभिन्न राजनीति दलको ढोकामा पुगेको आरोप लगाएका छन्। शुक्रबार नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘म पार्टीको अध्यक्ष छु, संसदीय दलको नेता पनि मै हुँ, मेरो नेतृत्वको सरकारले ‘सुखी नेपाली–समृद्धि नेपाल’को नारा लिएर दिनानुदिन देश विकासमा अगाडि बढिरहेको छ।

ब्याजमा राखेको ८ अर्ब ५१ करोड नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै महानगर

काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ । यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ७ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी रकम राखिरहेको थियो, जसको वाषिर्क ब्याजदर ५।५ प्रतिशत थियो । कल खातामा एक प्रतिशतको हाराहारीमा

कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ .

नेपाल बैंक लिमिटेडमा करिव २ सय जनालाई रोजगारी खुल्यो

नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सो का लागि अनलाइन दरखास्त आवहान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन