फिचर समाचार

को को परे एकीकृत समाजवादीले बनाएको ११ सदस्यीय केन्द्रीय सचिवालयमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् । यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् । स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने उपमहासचिव

पुर्व मुख्यसचिव लीलामणि पौडेल माओवादी केन्द्रमा प्रबेश

नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल नेकपा माओवादी केन्द्रको विदेश विभाग सदस्य छानिएका छन् । राम कार्की प्रमुख रहेको उक्त विभागमा पौडेललाई मनोनयन गरिएको हो । तर अहिलेसम्म पौडेलले उक्त पद औपचारिक रुपमा स्वीकार गरि सकेका छैनन् । हुन्छ नभनी त्यत्तिको जिम्मेवार पार्टीले त्यत्तिकै नाम राख्यो होला भनेर पत्याउन पनि मिलेन । पौडेल केहि समयदेखि गृहजिल्ला गुल्मीका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनमा व्यस्त छन् । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विदेश

यी हुन् कांग्रेसबाट मन्त्री बन्नेहरु, स्वास्थ्य राज्यमन्त्रीको पद धरापमा

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमत्ति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको ढोका खोलेको हो । गठबन्धन दलबीच कांग्रेसले ७, माओवादीले ६ र एकिकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले ४र४ मन्त्रालय पाउने भएका छन् । मन्त्रालय बाँडफाँडको काम सकिएपछि अब बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं । प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले

पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ

काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्। शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं

सन नेपाल लाइफद्धारा बिमितको घर आगनमै पुगी मृत्यु दाबी भुक्तानी

धनगढी।  सन नेपाल लाइफले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३ लाख ४३ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीमा १५ वर्षे अवधिको बीमा योजना खरिद गरेकी थिइन् । उनले ३ वार्षिक किस्ता समेत बुझाएकी थिइन् । उक्त रकम धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले दिएका हुन्

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने मिति नै तोक्यो!

सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने अन्तिम तयारी गरेको छ । विज्ञापन खोल्ने अन्तिम तयारीस्वरुप आयोगले सम्पूर्ण काम कारवाही अघि बढाइसकेको छ । लोकसेवा आयोगको कार्यालयले गत असार २५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भनेको थियो । तर हालसम्म पनि रिक्त दरबन्दीको विवरण प्राप्त भइ नसकेको आयोगका एक पदाधिकारीले बताएका छन् ।सम्पूर्ण विवरण प्राप्त भएपछि सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गरिरहेको उनको

खादा माला प्रयोग नगर्ने युवा संघको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने निर्णय गरेको छ। प्रवक्ता सञ्जीव राईका अनुसार बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको हो। युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने राईले बताए। अनावश्यक र अनुत्पादक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्नेले प्रवक्ता राईले बताए।अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन्।अतिथिहरु सहभागीहरुसँग बस्नेछन्।  

नारायणहिटी दरबार पसेर ‘म राजा बन्छु’ भन्दै लाउन खोजेपछि.....

धनगढीः नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन्। ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले