गण्डकी प्रदेश

पालुङटार रजगजः प्रअहरूलाई नियमविपरीत १ लाख ५० हजार भत्ता 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नियमविपरीत भत्ता वितरण गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ प्रतिवेदनमा नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई पालिकाले नियमविपरीत भत्ता वितरण गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को क्रियाकलाप नं. २.२ मा प्रधानाध्यापकलाई मासिक भत्ता विद्यालयको तहअनुसार मात्र उपलब्ध गराउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्राथमिक तहका प्रधानाध्यापकलाई मासिक रू. २००, निम्नमाध्यमिक तहलाई रू.

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरुरी : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्ने बताए ।

विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी

पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो

काे काे थिए  सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। को को थिए यात्रु? १.वाजभवी बन्देकर                                               

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ, केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उहाँले भन्नुभयो, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध

चार वर्षीय छोरासहित महिला बेपत्ता

बागलुङ, गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि