गण्डकी प्रदेश

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

गण्डकी । सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो । संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल रु एक लाख दुई हजार ४१० बराबरको सामग्री प्रहरी उपरीक्षक

चोरीमा संलग्न दम्पती पक्राउ

पोखरा । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लामिछानेले वाइरिङको

कास्कीमा निषेधाज्ञा खुकुलो

पोखरा । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर बार बिजोर नम्बर भएका सवारीसाधन बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म सडकमा गुड्न पाउने छन् । विद्यालयलगायतका शैक्षिक संस्था, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्विमीङ पुल,

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की । अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा

आज २० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत सुरक्षागार्ड

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत निर्माणको अन्तिम चरणमा 

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । उहाँले

पहिराले नहर भत्काएपछि लघुजलविद्युत् बन्द

म्याग्दी । बाफुखोलामा पहिराले लघुजलविद्युत्को नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिराले नहर तथा विद्युत्का खम्बासमेत बगाएपछि तीन सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो । पहिराले नहर तथा विद्युत्का ६५ पोल तथा तारसमेत बगाएपछि विद्युत् अवरुद्ध भएको विजय लघु जलविद्युत् केन्द्रका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । पहिराले विद्युत्का पोल बगाएपछि तारसमेत तहसनहस भएको केसीको