युग दर्पण

शैल्यशिखरका मेयर-उपमेयरले लिए नियमविपरीत ४ लाख ८० हजार आवास खर्च

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले नियम विपरीत आवास खर्च लिएको खुलेको छ । महालेखा परीक्षकको कार्याललले जारी गरेको आव २०८१-८२ को प्रतिवेदनअनुसार नगरप्रमुख र उपप्रमुखको आवासका लागि भन्दै ४ लाख ८० हजार रुपैयाँ अनियमित रुपमा खर्च भएको भेटिएको हो । महालेखाले प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीलाई सुविधा सम्बन्धी ऐन २०७५ मा नगरप्रमुख र उपप्रमुखलाई आवास सुविधा उपलब्ध गराउने प्रावधान नभएको उल्लेख गर्दै उनीहरुलाई उक्त सुविधा दिनु

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरुरी : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्ने बताए ।

रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्‍याएको उल्लेख गरिएको छ । सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन्

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि

परोपकार आदर्श माविको ७३औं वार्षिकोत्सव सम्पन्न

गोरखा – सिरानचोक गाउँपालिका-८ जौवारीमा रहेको श्री परोपकार आदर्श माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। २००८ सालमा स्थापित विद्यालयले आफ्नो ७३ अ‌ौँ वार्षिकोत्सव मनाएको हो। फागुन ६ र ७ गते आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न शैक्षिक, प्राज्ञिक एवं सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र दवाडीले जानकारी दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झटक दवाडीले गर्नुभएको थियो भने प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ रहनुभएको

महादेवस्थान माविमा गायन प्रतियोगिता सम्पन्न

काठमाडौँ- महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी ५ कुमाइखोलामा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ३२ जना सहभागी रहेका थिए।  प्रतियोगितामा कक्षा ८ कि छात्रा रश्मि भण्डारी प्रथम भएकी छन्। त्यस्तै, कक्षा १० की छात्रा सशान बस्नेत द्वितीय भएकी भने कक्षा ५ का छात्र रोशन तामाङ तृतीय भएका छन् ।   कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको अपस्थिति रहेको थियो। 

२०७९ मा शनिवारसँगै थप ४३ दिन सार्वजनिक विदा

काठमाडौँ । सरकारले २०७९ सालमा शनिवारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने भएकाे छ । गृह मन्त्रालयले वर्ष २०७९ का लागि शनिवारबाहेक थप ४३ दिन विदा दिने निर्णय गरेकाे हाे । मन्त्रालयले बिहीवार राजपत्र प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म देशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक

टीकापुर। गरिमा बिकास बैंकले कोरोना को कहर कम भए सँगै आफ्ना कोहलपुर क्लस्टरका १२ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको भुरीगाँउ शाखा प्रमुख यादव प्रसाद पन्त ले जानकारी दिनु भयो। सँगै कार्यक्रम मार्फत अझ सरल

लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो

काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न