वि.सं. ९३६ देखि हालसम्म नेपालमा घटेका महत्वपूर्ण घटनाहरू

लोकसेवाका लागि अति महत्त्वपूर्ण


वि.स. ९३६ देखि हालसम्म नेपालमा घटेका महत्वपूर्ण घटनाहरूलाई यहाँ सूचीकरण गरिएको छ । नेपाल ऐतिहासिक रूपमा प्राचीन र भौगोलिक रूपमा सु–सम्पन्न देश हो । यस क्षेत्रका ठूला देशहरू चीन र भारतको बीचमा रहेको नेपालको इतिहास अन्य देशहरूको भन्दा भिन्न छ । नेपालकै छिमेकी देश भारतमा बिट्रिस साम्राज्यको अधीनमा हुँदा पनि नेपाल अविछिन्न स्वतन्त्र रहनु ऐतिहासिक रूपमा गौरवको कुरा हो । ऋगवेद तथा अथर्ववेदमा समेत उल्लेख रहेको नेपालको महिमा विभिन्न शास्त्र तथा पुराणहरूले उजागर गरेका छन् । यस प्राचीन भू–खण्डमा विभिन्न महर्षि तथा साधुसन्तहरूले मोक्ष प्राप्त गरेका कयौँ उदाहरणसमेत पढ्न पाइन्छ । वेदव्यास, पाणिनि, जनक, सीता, अंशुवर्मा, बुद्ध आदि जस्ता महान् तवस्वी तथा ज्ञानीहरूको थलोको रूपमा समेत नेपाल प्रशिद्ध छ । नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द ‘निपालय’ बाट भएको हुन सक्ने सुन्न पाइन्छ । जसकाे अर्थ “पहाडको आधार (खुट्टा)” अथवा “खुट्टामा निवास” भन्ने हुन्छ । यहाँ साराशंमा वि.स ९३६ देखि वि.स.२०७० सम्ममा भएका उल्लेखनीय घटनाक्रमहरूलाई प्रस्तुत गरिएको छ–
➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चीन गएको
➤ १६१६ – द्रव्य शाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)

➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १)
➤ १८२५ – ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल(तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)
➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)

➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना

➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – एसएलसी बोर्डको स्थापना (कार्तिक१६)

➤ १९९७ – प्रजापरिषद् काण्ड, ४ जना सहिद
➤ २००२ – कागजी नोटको प्रचलन (असोज १)
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)
➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)
➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७)
➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)
➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२)
➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)
➤ २०१६ – त्रि.वि. को स्थापना
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)

➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व(पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)
➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)

➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)

➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५)

➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)
➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०)
➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)

➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)
➤ २०४५ – ग्ल्इ हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)
➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)
➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४)
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)
➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९)
➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११)
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)
➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)

➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)
➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११)
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)
२०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)

➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)

➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)

➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)

➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)

➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वा्चित (साउन ४)
➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वा्चित (साउन ६)
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वा्चित (साउन ३१)
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ १)

➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)

➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)
➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)
➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१)
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)
➤ २०६८ – नेपाल भारत बीच म्त्ब्ब् सम्झौता (मंसिर ११)
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *