गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने


धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी आउने बित्तिकै सेवा सुचारु हुने उनले बताए। डाक्टर जोशीले अहिले अस्पताल १०० शय्याबाट सुरु गर्ने र पुर्वाधार सम्पन्न हुँदै तथा भवन हस्तान्तरण हुदै जाँदा लक्ष्य अनुरुप ३ सय तथा ६ सय शय्यासम्म बिस्तार गरिने बताए।

डाक्टर जोशीले एक वर्षमा केही प्रविधिक र केही प्रशासनिक उपलब्धि भएको बताउदै गेटा अस्पतालको नाम पहिचान बनेको, लाइन मिनिस्ट्री बजेट इन्फर्रमेसन सिस्टम(एलएमबिआइएस) कोड प्राप्त गरिएको, दरवन्दी स्वीकृत गरिएको केही आवश्यक जनशक्ति ल्याउन सफल भएको बताए। उनले यसलाई उपलब्धिकै रुपमा लिन सकिने बताउदै सुरुमा अहिलेको त्रिवि टिचिङ हस्पिटल पनि १५ बेडबाट सुरु भएर यो अवस्थामा पुगेको स्मरण गर्दै मेडिकल इन्टिच्युटको लक्ष्य अनुरुप १०० वेडबाट शुरु भएर अगाडी बढ्ने बताए।

एक वर्ष अघि अस्पताल संचालनका लागि आवश्यक काम अगाडी बढाउन गेटा अस्पतालको निर्देशकका रुपमा सरकारले पहिलाे कर्मचारीका रुपमा डा प्रमोद जोशीलाई नियुक्ती दिएको थियो। तर सो आर्थिक वर्षमा आवश्यक स्वीकृत बजेट भने पाऐको थिएन। आर्थिक वर्ष २०८०/८१ का गेटा अस्पतालले पुँजीगत तर्फ ८० करोड चालु तर्फ ३.५ करोड बजेट स्वीकृत भइसकेको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *