यस्ता छन्, मृत्यु अघि देखिने ६ संकेतहरू


काठमाडौं, मानिस जन्मिएपछि एक दिन अवस्य मर्नु पर्छ। मृत्युसँग अधिकांश मानिस डराउँछन्। किनकी मानिस मृत्युलाई संसारको सबैभन्दा ठूलो सत्य मान्छन्। पहिले केही कुरा ख्याल नगरि मानिस आफ्नो जिवनको धेरै समय खेर फालिरहेका हुन्छन्। जब मृत्यु नजिक हुन्छन् तब उनीहरुलाई धेरै गर्न बाँकी भएको महसुस हुन्छ। कतिपय मानिस आफ्नो आयु थाहा हुने भए पहिले नै गर्न चाहेका र सोचको काम पूरा गर्ने सोच्छन्। तर मृत्यु भन्दा पहिले मानिसमा केही लक्षण देखिने बताइन्छ। हुन त विज्ञानले यस्ता कुरालाई प्रमाणित गरेको छैन। तर यस्ता विश्वासहरुले हामीलाई सावधानी अपनाउन भने मद्दत गर्दछ।

मृत्युअघि देखिने लक्षणहरु

–खाना पछिको अनुभव

खाना खाइसकेपछि तुरुन्तै भोक लागेजस्तो अनुभव हुन्छ र जति खाएपनि भोक मेटिएको महसुस नहुन मृत्युको संकेत हुन सक्छ।

–अरुको आँखामा हेर्दा आफ्नो छाँया नदेखिनु।

आफुना अगाडि उभिएको मानिसको आँखामा आफ्नो छायाँ देख्न छोड्यो भने उसको आयु एकदम कम छ भन्ने संकेत हुन सक्छ।

–जो व्यक्तिको शरीरबाट मृत्यु भइसकेको मानिसको झैँ गन्ध आउन थाल्छ र उसले अगरबत्ती, फुल लगायतको सुगन्ध महसुस गर्न छोड्छ उसको आयु अब १५ दिन भन्दा बढी छैन भन्ने संकेत हुन्छ । यस्तो अवस्थामा योगा, ध्यानमा बढी समय दिनु उपयुक्त हुन्छ।

–जुन व्यक्तिको नाक बाङ्गो हुने, कान कहिले ठाडो कहिले नुहेको हुने, जिब्रो कालो हुने, आँखाबाट पानी बहिरहने र मुख रातो हुन्छ उसको आयु लामो छैन भन्ने संकेत हुन्छ।

–जसले सपनामा उँट वा गधामा बसेर दक्षिणतर्फ गइरहेको देख्छ उसको मृत्यु तत्काल पनि हुन सक्छ । यस्तो अवस्थामा व्यक्तिले दुवै कान बन्द गरेको अवस्थामा आफ्नै आवाज सुन्न छोड्छ । उसले आँखाको ज्योती पनि गुमाउन थाल्छ।

–जुन व्यक्तिले सपनामा दिसा र पिसाबभित्र सुन भेट्छ त्यसको आयु १० महिना मात्र हुन सक्छ। त्यसैगरी मृत्यु नजिक भएको व्यक्तिले सपनामा प्रेत, पिचास र सुनको रुख पनि देख्न सक्छ।

तर अहिले मेडिसिन साइन्सले यस्ता विश्वासलाई इन्कार गर्छ। यस्ता लक्षणलाई विभिन्न रोग र शारीरिक अवस्थाको संकेतका रुपमा भने विज्ञानले पनि स्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *