असइको हत्या गर्ने तस्कर पत्ता लागे


धनगढी । ४ कार्तिक धनगढीको वडा नम्बर १२ नेपाल भारत सिमा क्षेत्र नदीमा मृत भेटिएका असई गोबिन्द बिकको अत्या गर्ने अभियुक्तले अपराध स्वूकार गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चाज असई गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले स्वूकार गरेका हुन् । असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् ।

तस्करी गरेर लगिरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
असईको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । अन्य परार रहेकाहरुको खोजी कार्य तिब्र पारेको समेत प्रहरीले बताएको छ ।

शनिबार राती नियमित गस्तीमा निस्किेका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
असई बिकको सोमबार अन्त्येस्टी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *