आईपीएलको पहिलो खेलः मुम्बईमाथि चेन्नई भारी


काठमाडौँ । इन्डियन प्रियिमर लिग ९आईपीएल० को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा खेलिएको खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनायो जवाफमा सीएसकेले १९।२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई सीएसकेले हराएको यो दोस्रो अवसर हो ।

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले ३३ रन बनाए । सीएसकेका लागि लुंगी एनगिडीले ३ विकेट लिए ।

१ सय ६३ रन लक्ष्य पछ्याउने क्रममा सीएसकेको शुरुवात भने सुखद रहेन । शुरुवाती दुई ओभरमा नै टोलीले दुई विकेट गुमायो । त्यसपछि ७१ रन बनाएका अम्बाती रायडू र ५८ रन बनाएका फाफ डु प्लेसिसले खेल सम्हाले । दुई जनाले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।

योसँग महेन्द्रसिंह धोनीले कप्तानका रुपमा चेन्नाईलाई १ सयौँ खेल जिताउन सफल भएका छन् । कप्तानका रुपमा उनले सर्वाधिक १०५ खेल खेल जितेका छन् । ५ खेल उनले राइजिङ पुणे सुपरजायन्टसका लागि जितेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *