काठमाडौँबाट गौरीफन्टा नाका पुगेर खाना खुवाउँदै नेता महर


धनगढी । नेपाल-भारतको सीमानाका गौरफन्टामा पुगेर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन व्यस्त छन् ।

विचल्ली परेका नेपालीलाई नेता महरलगायत युवा नेता गजेन्द्र बिक्रम शाही, दिवेन्द्र जोशीहरू खाना खुवाउन जुटेका छन्। भारतबाट सुदूरपश्चिममा मात्रै तीन लाख मानिस नेपाल भित्रिएका छन् ।

राज्यले सीमामा विचल्ली परेका नागरिककाको बेवास्था गरिरहेको अवस्थामा आफू उद्धारमा जुटेको नेता महरले बताए । उनी दुई दिनअघि मात्रै काठमाडौँबाट कैलाली पुगेका हुन्।

भारतबाट गौरीफन्टानाका भएर तीन लाखबढी नेपाली भित्रिएका छन् । तर, अहिलेसम्म १० हजारको मात्र पिसिआर परीक्षण भएको छ। यस्तो अवस्था हुनुभनेको निकै दुखद् रहेको नेता महरले बताए।

खाना, पिउने पानी, व्यवस्थित क्वारेन्टाइन र परीक्षणको राम्रो व्यवस्था नहुँद सुदूरपश्चिम उच्च जोखिममा छ । राज्य बेखवर बन्दा आफूहरू सहयोगमा जुटेको उनले बताए ।

मानवसेवा नै धर्म हो भन्ने ध्यएका साथ गजेन्द्र शाही नेतृत्वको टोलीले एक महिनादेखि खाना खुवाउने अभियान नै चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *