कार्यकर्ताको सुख–दुःखमा साथ दिने प्रतिबद्धतासहित किरण गौतम केन्द्रीय सदस्यको दौडमा


रुपन्देही, नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि अघि बढेका रुपन्देहीका नेता किरण गौतमले पार्टी र कार्यकर्तासँगको आत्मीय सम्बन्ध, संगठन निर्माण तथा कार्यकर्ताको सम्मानलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गौतम पार्टीका नेता तथा कार्यकर्तासँग नजिक रहेर संगठनात्मक गतिविधिमा निरन्तर योगदान गर्दै आएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा परिचित गौतमले पार्टीभित्र एकता, सहकार्य र सबैलाई समेट्ने नेतृत्वको आवश्यकतामा जोड दिँदै आएका छन्।

उनको उम्मेदवारीको मुख्य भाव पदभन्दा पार्टी र कार्यकर्ताको हितलाई प्राथमिकता दिनु रहेको छ। पार्टीमा योगदान गर्ने कार्यकर्ताको सम्मान, उनीहरूको भावना र आवाजको प्रतिनिधित्व तथा संगठनलाई गाउँदेखि केन्द्रसम्म बलियो बनाउने उद्देश्यसहित गौतम केन्द्रीय सदस्य पदमा अघि बढेका हुन्।

‘पदका लागि होइन, पार्टी र कार्यकर्ताको सम्मानका लागि’ भन्ने भावनालाई आत्मसात् गर्दै उनले कार्यकर्ताको विश्वासलाई आफ्नो जिम्मेवारीका रूपमा लिएका छन्। पार्टीको सुख–दुःखमा सँगै रहने, कार्यकर्ताको योगदानको कदर गर्ने र सबैलाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ।

गौतमको अभियानको मुख्य नारा ‘किरणसँग कांग्रेसमा बल’ रहेको छ। यस नारामार्फत उनले व्यक्तिगत उम्मेदवारीभन्दा पार्टीको एकता, संगठनको शक्ति र कार्यकर्ताको भरोसालाई प्राथमिकता दिएका छन्।

‘तपाईंको विश्वास, मेरो जिम्मेवारी’ भन्ने सन्देशसहित अघि बढेका गौतमले कांग्रेसलाई बलियो, एकताबद्ध र जनतासँग अझ नजिकको पार्टी बनाउने लक्ष्य लिएका छन्।

कार्यकर्ताको साथ, विश्वास र मायालाई आफ्नो राजनीतिक शक्तिका रूपमा लिएका गौतमको उम्मेदवारीले रुपन्देहीको कांग्रेस राजनीतिक वृत्तमा चर्चा पाएको छ। उनको अभियानको मूल सन्देश छ—कार्यकर्ताको सम्मान, पार्टीको एकता र संगठनको मजबुती नै कांग्रेसको वास्तविक शक्ति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *