धनगढी,नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।उनकाअनुसार कुनै जानकारी नदिएर देउवा सभामा उपस्थिति नभएका कारण सभामुखले उनलाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन् ।देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।
Previous Post: पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

