सन नेपाल लाइफद्वारा सुदूरपश्चिमका ७३ एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्स सम्मानित


धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान गरेको छ। धनगढीस्थित पौवा होटलमा आयोजित विशेष सम्मान तथा उत्प्रेरणात्मक कार्यक्रममा ७३ जना एडीएम तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको हो।
कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशिष्ट आतिथ्यता रहेको थियो। सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी, समाजसेवी देवबहादुर बम तथा सन क्लब एचिभर लक्ष्मी ठगुन्नाको आतिथ्यपूर्ण उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन योगेन्द्रविक्रम अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य डम्बर बहादुर बुढाले राखेका थिए।
कार्यक्रमको सुरुवात सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परा झल्किने आकर्षक सांस्कृतिक प्रस्तुतिबाट गरिएको थियो। अतिथिहरूलाई स्वागत गीत तथा नृत्यमार्फत स्वागत गरिएको थियो। कार्यक्रममा बीचमा समेत सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान झल्किने विशेष नृत्य प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक, उल्लासमय र स्मरणीय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सम्मानित अभिकर्ताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालको जीवन बीमा क्षेत्रमा अझै पनि विश्वसनीयता, बीमा सुरक्षा, बीमा शिक्षा, पोलिसी होल्डरलाई प्रदान गरिने सेवा तथा प्रविधिको प्रयोगलगायत विभिन्न क्षेत्रमा सुधार गर्नुपर्ने खाडलहरू रहेको बताए।
ती खाडलहरू पूर्ति गर्दै जीवन बीमाको पहुँच विस्तार गर्न अभिकर्ताहरू नै कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार भएको अर्यालले उल्लेख गरे। आगामी दिनमा पनि अभिकर्ताहरूको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले जीवन बीमा क्षेत्रमा सफल हुन आवश्यक गतिविधि तथा रणनीति, नेपाली जीवन बीमा क्षेत्रको समग्र अवस्था, नयाँ बजार रणनीति तथा व्यावसायिक रूपमा अघि बढ्ने उपायबारे उत्प्रेरणात्मक मन्तव्य राखे।
उनले जीवन बीमा व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक ज्ञान, सीप तथा रणनीतिका विषयमा अभिकर्ताहरूलाई विशेष प्रशिक्षणसमेत प्रदान गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमा क्षेत्रमा सफल हुन स्पष्ट लक्ष्य तथा मिशन निर्धारण गरी निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए।
जैसीले सन नेपाल लाइफले अभिकर्ताहरूका लागि ल्याएको आर्थिक वर्ष २०८३/०८४ को सेल्स पोलिसीका विषयमा उपस्थित एडीएम तथा लिडरहरूलाई जानकारी गराउँदै नयाँ नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।
साथै, बीमा बिक्रीपश्चात् बीमितलाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन र ग्राहकको विश्वास कायम राख्न अभिकर्ताहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।


कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसाय विस्तार तथा जीवन बीमाको पहुँच बढाउन योगदान पुर्‍याएका ७३ जना एडीएम तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो।
सम्मानित अभिकर्ताहरूले सम्मानले आफूहरूमा थप ऊर्जा, उत्साह र आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा मिलेको बताएका छन्।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास, प्रोत्साहन र सम्मानलाई प्राथमिकतामा राख्दै जीवन बीमाको पहुँच थप विस्तार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *