डोटी , अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७, दडीमाडा गाउँमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा तथा सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.को ८औँ वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
८ हजार बिरुवा रोप्ने अभियान अन्तर्गत पहिलो चरणमा १ हजार बिरुवा रोपण गरिएको कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.का सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.का डडेल्धुरा शाखा प्रमुख खगराज शाह लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कागतीका बिरुवाहरू वृक्षरोपण गर्नुका साथै स्थानीय समुदायलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
पर्यावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको प्रदेश प्रमुख जैशी ले जानकारी दिनु भयाे
Previous Post: रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

