झापा ५ : ओली अघिल्लो जीतभन्दा फराकिलो मतान्तरले पछाडि


काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले  बालेन शाहसँग पछाडी परेका छन् ।

बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो ।

अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

अहिलेसम्म ६२ हजार मत गणना भएको छ । झापा ५ मा कुल १ लाख ६३ हजार मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *