काठमाडौं ,रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए ।

