दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि आवश्यक सेवा करारमा कर्मचारी नियुक्त गर्दा स्वीकृत दरबन्दीको सीमाभित्र रहनुपर्ने कानुनी व्यवस्था भएपनि नगरपालिकाले नियम विपरीत कर्मचारी नियुक्त गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै मलेपले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्तिको औचित्य पनि पालिकाले पुष्टि गर्न नसकेको भनेको छ ।
मलेप प्रतिवेदनको अंशः